मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

हिजो स्वास्थ्य सेवाको मेरुदण्ड, आज किन निशानामा सीएमए/अहेब जनशक्ति?

swasthyakhabar.com · Wed Nov 11 05:30:11 UTC 2026

समुदायको विश्वास जितेर वर्षौंदेखि सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएका करिब ५० हजारको हाराहारीमा रहेका सीएमए/अहेब स्वास्थ्यकर्मीमाथि पछिल्लो समय भइरहेको चौतर्फी प्रहार, उनीहरूको पेसागत अधिकारमाथि उठाइएका प्रश्न र नियमनका नाममा सिर्जना गरिँदै आएको अनावश्यक दबाबले गम्भीर प्रश्न जन्माएको छ।

नेपालको स्वास्थ्य सेवाको इतिहास हेर्ने हो भने सीएमए/अहेब जनशक्तिको योगदानलाई नजरअन्दाज गर्न सकिँदैन। स्वास्थ्य सेवाको पहुँच सीमित, स्वास्थ्यकर्मीको उपलब्धता न्यून र गाउँबस्ती तथा दुर्गम क्षेत्रका नागरिक सामान्य उपचारका लागि समेत घण्टौँ हिँड्नुपर्ने समयमा यही जनशक्तिले राज्यको स्वास्थ्य सेवा जनताको घरदैलोसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हो। सीमित स्रोतसाधन र अनेकौँ चुनौतीका बीच बिरामीको स्वास्थ्य परीक्षण, रोग पहिचान, उपचार तथा आवश्यक औषधि सिफारिसलगायतका सेवा प्रदान गर्दै आएको यही जनशक्ति आज पनि हजारौँ नागरिकका लागि स्वास्थ्य सेवाको भरपर्दो आधार बनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)