भारतको आसाममा रेल दुर्घटना, ५० जना घाइते
annapurnapost.com · Wed Nov 11 08:27:23 UTC 2026

काठमाडौं : भारतको आसाममा रेल दुर्घटना हुँदा ५० जना घाइते भएका छन्। इन्जिनसहित रेलका पाँच वटा डिब्बा लिकबाट खसेर दुर्घटना भएको हो।
बुधबार बिहान कामरूप जिल्लास्थित डिगारु रेलवे स्टेसनमा कोलकाता–सैराङ एक्सप्रेस दुर्घटनामा परेको हो। पूर्वोत्तर सीमा रेलवे (एनएफआर)का अनुसार बुधबार बिहान ६ बजेर ५४ मिनेटमा रेललाई अर्को लिकमा लैजाने क्रममा दुर्घटना भएको हो। अर्को रेललाई प्राथमिकता दिनुपर्ने अवस्थामा चालकले रेलको गति कम गर्न नसक्दा इन्जिनसहित पाँचवटा डिब्बा लिकमा राखिएको अवरोधकसँग ठोक्किएर पटरीबाट खसेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)