मुख्य सामग्रीमा जानुहोस्

समाचार

Culture

बालगोपालेस्वर मन्दिरमा भाइटीका लगाउनेको भिड (फोटोफिचर)

gorkhapatraonline.com · Wed Nov 11 04:34:26 UTC 2026

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ। भाइटीकाको अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेस्वर मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको भिड लागेको छ।

दिदीबहिनी नहुने तथा दाजुभाइ नहुनेहरू भाइटीका लगाउन रानीपोखरीस्थित बालगोपालेस्वर मन्दिर पुग्ने परम्परा छ। वर्षमा एक पटक भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला गरिने यस मन्दिरमा टीका लगाउने र दर्शन गर्नेहरूको चहलपहल देखिएको छ। बालगोपालेस्वर मन्दिरमा पुगेर श्रद्धालुहरूले पूजा–आराधना गर्दै भाइटीका मनाइरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)