मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारी वर्षापछि गाजामा मानवीय संकट, राहत र उद्धारमा जुटे सहायता संस्था

reportersnepal.com · Wed Nov 11 09:16:22 UTC 2026

काठमाडाैँ । गाजामा सप्ताहन्तमा परेको भारी वर्षापछि बाढीबाट प्रभावित हुन सक्ने दुई लाखभन्दा बढी सर्वसाधारणलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघ र साझेदार मानवीय सहायता संस्थाहरू सक्रिय भएका छन्। बाढीका कारण विस्थापित परिवारका अस्थायी आश्रयस्थल, शौचालय, स्वास्थ्य संस्था तथा सडकमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा पानी निकास, सरसफाइ र राहत वितरणको काम तीव्र पारिएको छ।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार सोमबारसम्म ४० हजारभन्दा बढी परिवारका आश्रयस्थल, ९०० भन्दा बढी शौचालय र नौवटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ। भारी वर्षाले विशेषगरी विस्थापित परिवारको अवस्था थप कठिन बनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)