मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पोखरामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

kendrabindu.com · Wed Nov 11 09:38:25 UTC 2026

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम संकलन भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले रु. एक अर्ब ५१ करोड २७ लाख ७६ हजार राजस्व जम्मा गर्ने लक्ष्य थियो ।

उक्त अवधिमा लक्ष्यभन्दा बढी रु. एक अर्ब ७१ करोड ५७ लाख ९८ हजार राजस्व जम्मा गर्न सफल भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)