मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पोखरामा राजस्व संकलन लक्ष्यभन्दा १३ प्रतिशत बढी,असोजसम्म उठ्यो एक अर्ब ७१ करोड

himalpress.com · Wed Nov 11 09:48:23 UTC 2026

पोखरा- आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम संकलन भएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले रु एक अर्ब ५१ करोड २७ लाख ७६ हजार राजस्व जम्मा गर्ने लक्ष्य थियो।

उक्त अवधिमा लक्ष्यभन्दा बढी रु एक अर्ब ७१ करोड ५७ लाख ९८ हजार राजस्व जम्मा गर्न सफल भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले जानकारी दिए। सो रकम असोज मसान्तसम्मको लक्ष्यभन्दा रु २० करोड ३० लाख २२ हजार बढी अर्थात् ११३ प्रतिशत प्रगति हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)