असिनासहितको भारी वर्षाले त्रिभुवन विमानस्थल अस्तव्यस्त, धावनमार्गदेखि टर्मिनल भवनसम्म जलमग्न
kendrabindu.com · Wed Nov 11 09:52:27 UTC 2026

काठमाडौं । बुधबार दिउँसो काठमाडौंमा अचानक परेको असिनासहितको भारी वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ। बाक्लो असिना परेर धावनमार्ग र ट्याक्सी वे ढाकिएपछि दिउँसो करिब २ बजेदेखि विमानस्थलको उडान सञ्चालन अस्थायी रूपमा रोकिएको हो।
असिना र वर्षाका कारण विमानस्थलमा अवतरण गर्नुपर्ने कम्तीमा आठवटा विमान आकाशमै होल्डमा परेका छन्। तीमध्ये चारवटा अन्तर्राष्ट्रिय र चारवटा आन्तरिक उडानका विमान रहेको विमानस्थलले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)