मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कञ्चनपुरमा अटो र स्कुटर ठोक्किँदा ७ जना घाइते, दुईको अवस्था गम्भीर

annapurnapost.com · Wed Nov 11 09:41:31 UTC 2026

काठमाडौं : कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२, शुक्लाफाँटा आरक्ष जंगलस्थित सडकखण्डमा अटो र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सु.प.प्र.०२–००४ प ६५६५ नम्बरको स्कुटर र बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको भि.न.पा. ००१ ह ५२२ नम्बरको अटो आपसमा ठोक्किएर उक्त दुर्घटना भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)