थपिए २०४ उद्योग
corporatenepal.com · Wed Nov 11 09:54:21 UTC 2026

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३÷८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन् । यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य फर्म दर्ता भएका हुन् ।
एकीकृत सेवा कार्यालय कावासोती कार्यालयका सूचना अधिकारी ज्ञानप्रसाद भुसालका अनुसार जिल्लामा उद्योगतर्फ ९२ वटा नयाँ उद्योग दर्ता हुँदा ६२ वटा उद्योगको लगत कट्टा ९बन्द० गरिएको छ । त्यस्तै यस अवधिमा जिल्लामा ४९७ वटा उद्योगहरू नवीकरण गरिएका उहाँले जानकारी दिनुभयो । कात्तिक १३ गतेसम्म जिल्लामा ४४ उद्योगले संशोधन (उद्योगको पुरानो दर्ताको नाम तथा पुँजीसहितका विवरण परिवर्तन) गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)