मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

असिना पानीसहितको वर्षाले जनजीवन प्रभावित

gorkhapatraonline.com · Wed Nov 11 10:04:29 UTC 2026

आज दिउँसो काठमाडौं उपत्यका लगाषत विभिन्न जिल्लामा असिना पानीसहित वर्षा भएको छ । आज हल्का वर्षाको पूर्वानुमान गरिए पनि असिना पानीसहितको वर्षा हुँदा भाइटीकाको दिन जनजीवन प्रभावित बनेको छ ।

हिमाली भेगमा कतै भारी र कतै मध्यम हिमपात हुँदा त्यहाँ पनि जनजीवन प्रभावित बन्न पुगेको छ । दिउँसो करिब साढे १२ बजेदेखि बदली सुरू भएकोमा करिब पौने २ बजेदेखि काठमाडौँको पहाडी भेगहुँदै वर्षा सुरू भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)