निर्वाचित पार्टी सभापतिलाई विस्थापित गर्ने अधिकार कसैलाई छैन : सिंह
barnanmedia.com · Wed Nov 11 10:45:09 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखिएको विवाद र राजनीतिक अन्योल समाधान गर्न गणेशमान सिंहले देखाएको त्याग, निष्ठा र आदर्शलाई आत्मसात् गर्नुपर्ने बताएका छन् । मंगलबार (कात्तिक २४) गणेशमान सिंहको ११३औँ जन्मजयन्तीका अवसरमा काठमाडौंको शान्तिवाटिकास्थित उनको सालिकमा माल्यार्पण गर्दै नेता सिंहले लोकतन्त्र, राष्ट्रियता र पार्टीको सिद्धान्तमाथि चुनौती उत्पन्न हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निर्णय गरिनुपर्नेमा जोड दिए ।
उनले २०४६ सालको जनआन्दोलनपछि तत्कालीन राजाले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा गणेशमान सिंहले आफू नबनी कृष्णप्रसाद भट्टराईलाई सिफारिस गरेको प्रसंग स्मरण गरे । उक्त निर्णयले प्रधानमन्त्री जनताको रोजाइबाट बन्नुपर्छ भन्ने राजनीतिक सन्देश दिएको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)