मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुधबार राति गण्डकी, कोशी र बागमती प्रदेशमा हल्का वर्षाको सम्भावना

annapurnapost.com · Wed Nov 11 10:46:47 UTC 2026

काठमाडौं : बुधबार राति गण्डकी, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कोशी र बागमती प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको समेत सम्भावना छ।

भाेलि बिहीबार दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ। त्यस्तै, कोशी र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बिहिबार राति देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ। गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। महाशाखाका अनुसार तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)