एनपीएल प्लेअफ दौड रोमाञ्चक बन्दै : काठमाडौं शीर्ष स्थानमा, सुदूरपश्चिम दोस्रो र लुम्बिनीको पनि बलियो दाबेदारी !
barnanmedia.com · Wed Nov 11 11:38:58 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ प्रवेशका लागि टोलीहरूबीच प्रतिस्पर्धा झन् रोचक बन्दै गएको छ। लिग चरणका खेलहरू अघि बढ्दै जाँदा शीर्ष चारमा स्थान बनाउने होडमा विभिन्न टोलीबीच कडा प्रतिस्पर्धा देखिएको छ।
काठमाडौं गोर्खाजले उत्कृष्ट प्रदर्शन गर्दै अंकतालिकाको शीर्ष स्थानमा आफ्नो पकड बनाएको छ। त्यस्तै, दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा रहँदै प्लेअफ यात्रालाई बलियो बनाइरहेको छ। साविक विजेता लुम्बिनी लायन्स पनि तेस्रो स्थानमा रहेर प्लेअफको दाबेदारी प्रस्तुत गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)