मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सैनिक बेसमा आश्रय लिन पुगे अमेरिकी अर्थमन्त्री, इरानले ज्यान मार्ने धम्की दिएको दाबी

bishowkhabar.com · Wed Nov 11 11:25:05 UTC 2026

काठमाडौं- इरानबाट ज्यान मार्ने धम्की प्राप्त भएपछि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आफ्नो सुरक्षालाई प्राथमिकता दिँदै वासिङ्टन क्षेत्रस्थित निजी निवास छाडेर अमेरिकी सैन्य बेसमा बसाइ सरेका छन् । द न्युयोर्क टाइम्सले मंगलबार घटनाबारे जानकार तीन स्रोतलाई उद्धृत गर्दै यससम्बन्धी समाचार सार्वजनिक गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका बेसेन्टले पछिल्लो समय इरानको अर्थतन्त्रलाई कमजोर बनाउने अमेरिकी आर्थिक अभियानको नेतृत्व गर्दै आएका छन् । इरानमाथि विभिन्न आर्थिक तथा वित्तीय प्रतिबन्ध लगाएर उसको आर्थिक गतिविधिलाई नियन्त्रण गर्ने अमेरिकी रणनीतिमा उनको प्रमुख भूमिका रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)