मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चेलीबेटीसँग टीका लगाउँदै डा. सुनील शर्मा, देशभरका दिदीबहिनीलाई तिहारको शुभकामना

kendrabindu.com · Wed Nov 11 11:58:42 UTC 2026

विराटनगर । नेपाली कांग्रेसका नेता तथा जीपी कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्माले तिहारको अवसरमा आफ्ना चेलीबेटीहरूसँग भाइटीका लगाउँदै खुसी साटासाट गरेका छन्। उनले विराटनगरस्थित आफ्नै निवाससँगै मोरङको लेटाङस्थित फडानीमा पनि चेलीबेटीहरूसँग टीका लगाएका छन्।

डा. शर्माले बिहान ११ः०७ बजे विराटनगरस्थित निवासमा टीका लगाउँदै देशभरका सम्पूर्ण दिदीबहिनी तथा चेलीबेटीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन्। उनले भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको प्रतीक भएको उल्लेख गर्दै यस पर्वले पारिवारिक सम्बन्धसँगै सामाजिक सद्भाव र एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)