अकस्मातको वर्षाले बालगोपालेश्वरको भाइटीका प्रभावित
hamrakura.com · Wed Nov 11 00:00:00 UTC 2026

काठमाडौँ। अकस्मात परेको वर्षाका कारण काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा चलिरहेको भाइटीका प्रभावित भएको छ।
बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूबीच टीका लगाउने र पूजाआजा गर्ने सर्वसाधारणको उल्लेख्य भीड रहेको थियो। तर, अपराह्न अकस्मात पानी परेपछि मन्दिर परिसरमा खुला आकाशमुनि टीका लगाउन असहज बनेको बालगोपालेश्वर पुगेका भक्तजन रामजी नेपालले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)