मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल सुपर लिगले नयाँ च्याम्पियन पाउने

nayapatrikadaily.com · Wed Dec 27 00:50:00 GMT 2023

साबिक विजेता काठमाडौं रेन्जर्स इलिमिनेटरबाट बाहिरिएसँगै दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)ले नयाँ च्याम्पियन पाउने पक्का भएको छ । दरशथ रंगशालामा मंगलबार ललितपुर एफसीले उपाधि रक्षा गर्ने रणनीतिमा रहेको काठमाडौंमाथि मंगलबार दशरथ रंगशालामा ३–० को सानदार जित निकाल्यो ।

तीन वर्षअघिको पहिलो संस्करणको फाइनलमा धनगढीलाई १–० ले हराउँदै काठमाडौंले उपाधि जितेको थियो । १० खेलाडीमा सीमित काठमाडौं चौथो भेटमा आएर ललितपुरसँग पहिलोपटक पराजित भयो । ललितपुरको जितमा विदेशी खेलाडी नायम बने । ६ हजार समर्थक उपस्थित खेलमा नाइजेरियन स्ट्राइकर इमोह इजिकिलले दुई तथा फ्रान्सेली स्ट्राइकर पापा इबोउ केबेले एक गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)