इरानद्वारा अमेरिकासँगको वार्ता अस्वीकार: सर्त पूरा नभएसम्म होर्मुज नखुल्ने
arthasansar.com · Wed Nov 11 13:47:46 UTC 2026

इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले तेहरानले वार्ताका लागि अमेरिकाअघि सारेका सातवटा सर्तको जवाफ पर्खिरहेको बताएका छन्। यसका साथै उनले वासिङ्टनसँग कुनै किसिमको नयाँ वार्ता भइरहेको भन्ने कुराको खण्डन गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि सकारात्मक वातावरण बनेको बताएपछि कूटनीतिक समाधानको आशा बढेका बेला रेजाईको यो भनाइ आएको हो। ट्रम्पले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीसँगको भेटपछि इरानमाथि थप आक्रमणको आवश्यकता नरहेको बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)