मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आणविक कार्यक्रमबारे सूचना दिन अमेरिकाले पुरस्कार घोषणा गरेको विषयमा निन्दा गर्न राष्ट्रसंघ र आईएईएसँग इरानको आग्रह

barnanmedia.com · Wed Nov 11 13:59:23 UTC 2026

काठमाडौं- इरानले आफ्नो आणविक कार्यक्रमबारे सूचना उपलब्ध गराउने व्यक्तिलाई २० मिलियन अमेरिकी डलरसम्म पुरस्कार दिने अमेरिकी घोषणाको निन्दा गर्न संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँग आग्रह गरेको छ । इरानले अमेरिकाको उक्त कदमले आफ्ना आणविक वैज्ञानिकहरूको हत्यालाई प्रोत्साहन गर्न सक्ने जनाएको छ ।

दुवै निकायका प्रमुखलाई सम्बोधन गर्दै पठाइएको पत्रमा इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी विदेश मन्त्रालयले यसै साता सार्वजनिक गरेको र अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले समेत प्रसार गरेको घोषणाको कडा शब्दमा निन्दा गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)