बमको धम्कीपछि इटालीका करिब ३०० विद्यालय खाली
lokaantar.com · Wed Nov 11 14:33:36 UTC 2026

इटालीभर इमेलमार्फत बम विस्फोटको धम्की प्राप्त भएपछि करिब ३०० विद्यालय खाली गराइएको छ । बुधबार भएको यो घटना पछिल्ला हप्ताहरूमा विभिन्न विमान सेवा कम्पनी र सञ्चारमाध्यमलाई लक्षित गरी दिइएका शङ्कास्पद बम धम्कीको शृङ्खलाको पछिल्लो घटना हो । यस्ता धम्कीले युरोपका विभिन्न संस्थाको कामकाजमा अवरोध पुर्याउँदै आएका छन् ।
इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले विज्ञप्ति जारी गर्दै विद्यालयहरूमा कुनै ठोस खतरा रहेको सङ्केत नदेखिएको बताएकी छन् । यस्ता धम्की आतङ्क र त्रास सिर्जना गर्ने उद्देश्यले दिइएको हुन सक्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)