. २४० हजार वर्ष पुरानो मानव जीवाश्ममा भेटियो अनौठो रहस्य, एउटै गुफामा किन भेटिए महिला मात्रै?
barnanmedia.com · Wed Nov 11 14:48:12 UTC 2026

काठमाडौं । दक्षिण अफ्रिकाको एउटा प्राचीन गुफामा भेटिएका मानव पुर्खाका जीवाश्मले वैज्ञानिकहरूलाई नयाँ रहस्यतर्फ डोर्याएका छन्। अनुसन्धानकर्ताहरूले करिब २ लाख ४० हजार वर्ष पुरानो मानिने ‘होमो नालेडी’ प्रजातिका जीवाश्म अध्ययन गर्दा कम्तीमा २० व्यक्तिको दाँतमा पुरुषसँग सम्बन्धित विशेष जैविक संकेत फेला पार्न सकेनन्।
दक्षिण अफ्रिकाको राइजिङ स्टार गुफामा भेटिएका यी जीवाश्मको अध्ययनका लागि वैज्ञानिकहरूले दाँतको इनामेलमा सुरक्षित प्राचीन प्रोटिनको विश्लेषण गरेका थिए। २३ वटा दाँतको परीक्षण गर्दा पुरुषसँग सम्बन्धित ‘अमेलोजेनिन–वाई’ प्रोटिनको संकेत भेटिएन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)