मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बमको धम्कीपछि इटालीका करिब ३०० विद्यालय खाली गराइयो

barnanmedia.com · Wed Nov 11 15:47:53 UTC 2026

२५ कात्तिक, काठमाडौं । इमेलमार्फत बम विस्फोटको धम्की प्राप्त भएपछि इटालीभरका करिब ३०० विद्यालय खाली गराइएको छ । बुधबार भएको उक्त घटनालाई पछिल्ला केही सातायता युरोपका विभिन्न विमान सेवा कम्पनी र सञ्चारमाध्यमलाई लक्षित गरी दिइँदै आएका शङ्कास्पद बम धम्कीको शृङ्खलाको पछिल्लो घटना मानिएको छ । यस्ता धम्कीका कारण युरोपका विभिन्न संस्थाको कामकाज प्रभावित हुँदै आएको छ ।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले विज्ञप्ति जारी गर्दै विद्यालयहरूमा कुनै ठोस सुरक्षा खतरा रहेको सङ्केत नदेखिएको बताउनुभएको छ । यस्ता धम्की आतङ्क र त्रास सिर्जना गर्ने उद्देश्यले दिइएको हुन सक्ने उनको भनाइ छ । उनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिँदै बुधबार नै मन्त्रीहरूको बैठकसमेत बोलाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)