भाइटीकामा दुई हजार पाँच सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
khabarhub.com · Wed Nov 11 15:53:16 UTC 2026

काठमाडौँ – सशस्त्र प्रहरीले तिहारको भाइटीकाको दिन काठमाडौँ उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि निःशुल्क रूपमा सञ्चालन गरेको बसमा दुई हजार ४८६ जनाले यात्रा गरेका छन् ।
भाइटीकाका दिन सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारणलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यका साथ सशस्त्र प्रहरीले काठमाडौँ र भक्तपुरमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)