इटालीका ६,३०० भन्दा बढी विद्यालयमा बमको धम्की, प्रधानमन्त्री मेलोनीद्वारा उच्चस्तरीय बैठक आह्वान
ratopati.com · Wed Nov 11 16:59:17 UTC 2026

काठमाडौँ । इटालीका करिब ६ हजार ३०० सरकारी विद्यालयहरूमा इमेलमार्फत बम पड्काउने धम्की आएको छ । यद्यपि, त्यहाँका शिक्षामन्त्री ग्युसेपे वाल्दिताराले यो कुनै वास्तविक खतरा नभई ‘साइबर आक्रमण’ जस्तो देखिएको बताएका छन् ।
अधिकारीहरूका अनुसार बुधबार देशका कुल ७ हजार ४७६ सरकारी विद्यालयमध्ये ६ हजार ३०० वटाको आधिकारिक इमेलमा एकै प्रकारको धम्कीपूर्ण सन्देश पठाइएको थियो । निजी विद्यालयहरूलाई भने यस्तो कुनै धम्की आएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)