६. कञ्चनपुरमा घरभित्रै पस्यो जङ्गली हात्तीको बथान, सुतिरहेकी ६० वर्षीया महिलाको मृत्यु
barnanmedia.com · Wed Nov 11 21:25:00 UTC 2026

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ स्थित तारापुर बस्तीमा जङ्गली हात्तीको आक्रमणबाट ६० वर्षीया लक्ष्मी डगौराको मृत्यु भएको छ। मंगलबार राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथान बस्तीमा प्रवेश गरी घरमा क्षति पुर्याउनुका साथै उनलाई कुल्चिएको हो।
स्थानीय प्रहरीका अनुसार लक्ष्मी आफ्ना श्रीमान् मोहन डगौरासँग घरभित्र सुतिरहेकी थिइन्। हात्ती घरमा प्रवेश गरेपछि उनका श्रीमान् भागेर ज्यान जोगाउन सफल भए पनि लक्ष्मीको घटनास्थलमै मृत्यु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)