मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनीबीच प्रतिस्पर्धा

kalakarmi.com · Wed Nov 11 22:59:01 UTC 2026

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज बिहीवार दुई खेल हुँदैछन् । भाइटीकाका अवसरमा बुधवार प्रतियोगिताका खेलहरू स्थगित गरिएपछि आज पुनः प्रतिस्पर्धा प्रारम्भ हुन लागेको हो । आज हुने दुवै खेलले अंकतालिकामा टोलीहरूको स्थान सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

आजको पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स आमने-सामने हुनेछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे प्रारम्भ हुने उक्त खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदानमा उत्रिनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)