बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन
ratopati.com · Wed Nov 11 23:59:20 UTC 2026

सुनसरी । छठ पर्व नजिकिएसँगै बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थालेको छ । तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको माग बढ्ने गरेको छ ।
इनरुवा उपमहानगरपालिका–४ का मनभरण मरीक विगत ३० वर्षदेखि बाँसको चोयाबाट विभिन्न सामग्री बनाएर परिवारको जीविकोपार्जन गर्दै आएका छन् । उनले बुबाआमाबाट सिकेको पुर्ख्यौली सीपलाई निरन्तरता दिँदै यी सामग्री उत्पादन गर्दै आएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)