घट्यो अमेरिकी डलर, युरो र पाउन्डको मूल्य
corporatenepal.com · Thu Nov 12 01:03:39 UTC 2026

काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरसहित प्रमुख विदेशी मुद्राको विनिमयदर घटेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार (कात्तिक २६) का लागि सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर, युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य अघिल्लो दिनको तुलनामा ओरालो लागेको हो ।
राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ६१ पैसा र बिक्रीदर १५० रुपियाँ २१ पैसा निर्धारण गरिएको छ। बुधबार डलरको खरिददर १४९ रुपियाँ ९९ पैसा र बिक्रीदर १५० रुपियाँ ५९ पैसा थियो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)