इजरायली हवाई आक्रमणमा प्यालेस्टिनी फुटबल खेलाडीको मृत्यु
ratopati.com · Thu Nov 12 01:14:01 UTC 2026

गाजा । गाजामा इजरायलले गरेको हवाई आक्रमणमा परी प्यालेस्टिनी फुटबलर महमुद कमल फारिस अब्देल-मालेकको मृत्यु भएको प्यालेस्टिनी फुटबल सङ्घ (पीएफए) ले पुष्टि गरेको छ।
पीएफएका अनुसार गाजा स्पोर्ट्स क्लबका कप्तान तथा गोलकिपरसमेत रहेका अब्देल-मालेक मङ्गलबार गाजा सहरको दक्षिणी सब्रा क्षेत्रमा भएको आक्रमणको निसानामा परेका थिए। पीएफएले उपलब्ध गराएको तथ्याङ्कअनुसार गाजामा इजरायलले जारी राखेको युद्धमा ज्यान गुमाउने २० वर्षीय अब्देल-मालेक खेलकुद क्षेत्रसँग आबद्ध १ हजार १७ औँ व्यक्ति हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)