बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन
onlinekhabar.com · Thu Nov 12 01:45:14 UTC 2026

२६ कात्तिक, सुनसरी । छठ पर्व नजिकिएसँगै बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थालेको छ। तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको माग बढ्ने गरेको छ।
इनरुवा उपमहानगरपालिका–४ का मनभरण मरीक विगत ३० वर्षदेखि बाँसको चोयाबाट विभिन्न सामग्री बनाएर परिवारको जीविकोपार्जन गर्दै आएका छन्। उनले बुबाआमाबाट सिकेको पुर्ख्यौली सीपलाई निरन्तरता दिँदै यी सामग्री उत्पादन गर्दै आएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)