मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनसरीमा तीन सवारी साधन ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु

himalpress.com · Thu Nov 12 01:59:55 UTC 2026

काठमाडौँ- सुनसरीको इनरुवा नगरपालिका ५, बलाहामा बुधबार साँझ तीन वटा सवारी साधन एक आपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको प्र। १-०२-०५५ प १२९८ नम्बरको स्कुटर र एउटा साइकल ठोक्किएका थिए। दुर्घटनामा स्कुटरको पछाडि सवार इनरुवा नगरपालिका ९ की सात वर्षीया रिदिमा सरदारको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)