मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीमफेदी माइक्रोबस दुर्घटना : १० जना गम्भीर घाइते

kendrabindu.com · Thu Nov 12 02:34:10 UTC 2026

काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परेका अन्य यात्रुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा रहेका नेपाल प्रहरीका सई दीपेन्द्र ढकालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका १० जनाको अवस्था पहिचान भएको छ। भीरमा माइक्रोबस खसेका कारण अन्य यात्रुको खोजी तथा उद्धारमा कठिनाइ भइरहेको उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)