भीमफेदीमा माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु
ajakoartha.com · Thu Nov 12 02:41:00 UTC 2026

काठमाडौं- बाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जनाको निधन भएको छ। दुर्घटनामा परेका अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी पुस्कर बोगटीका अनुसार दुर्घटनामा १० जनाको निधन भएको हो। भीरमा माइक्रोबस खसेका कारण बेपत्ता तथा अन्य यात्रुको खोजीमा कठिनाइ भइरहेको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)