इन्गेजमेन्ट गरेको केही घण्टापछि टिकटकर अनु परियारको सम्बन्धमा विवाद
kendrabindu.com · Thu Nov 12 02:58:28 UTC 2026

काठमाडौं । पाकिस्तानी युवक अब्दुल्लाहसँग इन्गेजमेन्ट गरेकी टिकटक स्टार अनु परियारको सम्बन्धमा नयाँ विवाद सार्वजनिक भएको छ। अब्दुल्लाह दुबईमा अर्की नेपाली युवतीसँग लामो समयदेखि सम्बन्धमा रहेको दाबी सार्वजनिक भएपछि अनुले उनीसँगको सम्बन्ध अन्त्य गर्ने बताएकी छन्।
सामाजिक सञ्जालमा सार्वजनिक विवरणअनुसार अब्दुल्लाह दुबईमा रहेकी माया तामाङ नामकी नेपाली युवतीसँग केही वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए। अनु र अब्दुल्लाहको इन्गेजमेन्ट सार्वजनिक भएपछि ती युवतीले अब्दुल्लाह आफ्नो प्रेमी भएको दाबी गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)