मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सञ्चालक समितिले सीईओ हटाउने तयारी गरेको खबरपछि एनभिडियाको सेयर १० प्रतिशतसम्म घट्यो

aarthiknews.com

काठमाडौ । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पदबाट हटाउने तयारी भइरहेको खबर सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्यमा ठूलो गिरावट आएको छ। बुधबार नियमित कारोबार बन्द भएपछि भएको विस्तारित कारोबारमा एनभिडियाको सेयर मूल्य एक समय झन्डै १० प्रतिशतसम्म घटेको हो।

वालस्ट्रिट जर्नलले बुधबार सार्वजनिक गरेको रिपोर्टअनुसार एनभिडियाको सञ्चालक समिति हुआङलाई पदबाट हटाउने विषयमा छलफल गर्ने तयारीमा छ। समितिको बैठक बुधबार नै बस्न सक्ने र त्यसमा हुआङको कम्पनीमा रहने भविष्यबारे निर्णय हुन सक्ने रिपोर्टमा उल्लेख छ। जर्नलले यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)