मकवानपुरमा इभी गाडी दुर्घटना :१० जनाको मृत्यु, पाँच जना घाइते
bishowkhabar.com · Thu Nov 12 03:16:15 UTC 2026

काठमाडौं – मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । प्रारम्भिक विवरणअनुसार, आज बिहान करिब ६ः१० बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको इभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो । गाडीमा चालकसहित १५ जना सवार रहेकामा १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको जनाइएको छ ।
दुर्घटनालगत्तै घटनास्थलमा उद्धार टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलको सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा टोली खटिएको छ । नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले पनि उद्धार कार्य जारी राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)