पृथ्वी राजमार्ग र कालीगण्डकी करिडोरसहितका मुख्य सडक पूर्ण रूपमा अवरुद्ध
nepalviews.com · Thu Nov 12 03:27:39 UTC 2026

काठमाडौं । पहिरो र बाढीका कारण देशका विभिन्न प्रदेशअन्तर्गत पर्ने मुख्य राजमार्ग तथा सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा विपद्का घटना हुँदा सवारी आवागमन ठप्प बनेको हो।
बागमती प्रदेशअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा २०८३ साल कात्तिक २३ गते बिहान ५ बजे खसेको पहिरोका कारण पृथ्वी लोकमार्ग पूर्ण रूपमा बन्द भएको छ। यस्तै, गण्डकी प्रदेशको गोरखास्थित आरुघाट गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने सोतीदेखि मान्बु जाने पुल कात्तिक २५ गते बिहान ५:३० बजे आएको बाढीका कारण अवरुद्ध बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)