१०औँ राष्ट्रिय खेलकुदः पाँच पटकको अन्योलपछि कर्णालीमा उत्साह
news24nepal.tv · Thu Nov 12 03:48:35 UTC 2026
काठमाडौं । लामो पर्खाइ, पूर्वाधार निर्माणको चुनौती र पटक–पटक मिति सरेपछि अन्ततः कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीले तीव्रता पाएको छ । कुल ३२ खेलमध्ये मुख्य २३ खेल राजधानी सुर्खेतमै खेलाइने निश्चित भएको छ भने पूर्वाधार अभावका कारण केही खेल लुम्बिनी प्रदेशमा समेत सारिएका छन् । पाँच पटकसम्म मिति सारिएको खेलकुद प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको छ ।
भौगोलिक विकटता र अभावका बीच कर्णाली प्रदेश देशकै सबैभन्दा ठूलो खेल महोत्सवको स्वागत गर्न तयार हुँदैछ । आगामी मंसिर १६ देखि २७ गतेसम्म सुर्खेतमा १०औँ राष्ट्रिय खेलकुदको औपचारिक आयोजना हुँदैछ । यद्यपि औपचारिक उद्घाटन अघि नै मंसिर ८ गतेदेखि केहि खेल खेलाईने भएको छ । विषेश गरि फाइनलका खेल बाहेक सबै खेल अगाडि गराउने उदेश्यले ८ गतेबाट सुरु गर्ने तयारी थालीएको मुख्यमन्त्री मंगल बहादुर शाहीले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)