बलान खोलाबाट २३१ किलो गाँजा बरामद
onlinekhabar.com · Thu Nov 12 03:50:53 UTC 2026

२६ कात्तिक, सिरहा । सिरहा र सप्तरी जिल्लाको सीमा क्षेत्रमा पर्ने बलान खोलाबाट प्रहरीले २३१ किलो लागुऔषध गाँजा बरामद गरेको छ। खोलाको बीचमा खाल्डो खनेर पुरेर राखेको अवस्थामा प्रहरीले सात बोरा गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक(एसपी) बासुदेव पाठकका अनुसार बुधबार राति करिब १ बजे बलान खोलाको बीचमा गाँजा लुकाएर राखिएको विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)