मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

असिना पानीले भोजपुरमा धानबालीमा क्षति

bishowkhabar.com · Thu Nov 12 04:00:56 UTC 2026

काठमाडौं – धान भित्र्याउने तयारीमा रहेका भोजपुरका किसान असिना पानीका कारण समस्यामा परेका छन् । जिल्लाका विभिन्न स्थानमा बुधबार अचानक असिना पानी परेपछि पाकेर खेतमा पहेँलपुर भएको धानबालीमा क्षति पुगेको हो ।

असिना पानीले धानबालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन्। भोजपुर नगरपालिका–५ का स्थानीय किसान धनबहादुर थापाका अनुसार असिना पानीले खेतमा पाकेको धानमा असर गरेको छ । उनले असिना पानी फेरि दोहोरिने हो कि भन्ने चिन्ता बढेको बताए । “हिजो एक्कासि असिना पानी पर्‍यो,” उनले भने, “पुनः दोहोरिने चिन्ता हामीमा बढेको छ। यही असिना पानी आएमा धानबालीमा ठूलो क्षति पुग्ने अवस्था छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)