मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

छठ पूजाका लागि सिँगारिँदै मोहना घाट

ratopati.com · Thu Nov 12 04:15:19 UTC 2026

धनगढी । कैलालीको धनगढीस्थित मोहना नदी किनारमा छठ पर्वको तयारी तीव्र पारिएको छ । छठ पूजालाई लक्षित गर्दै घाट क्षेत्रमा सरसफाइ, सजावट तथा पूजास्थल व्यवस्थापनको काम भइरहेको छ । अहिले मोहना घाटलाई सिँगारिँदै छ ।

छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलका अनुसार मोहना घाटमा पूजाका लागि आवश्यक तयारी करिब ७५ प्रतिशत पूरा भएको छ । घाटको सरसफाइ, सजावट र पूजाका सामग्री व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)