कालिमाटी बजारमा आज तरकारीदेखि फलफूलसम्मको मूल्य सार्वजनिक, पार्सले किलोको २६ सय रुपैयाँ
bishowkhabar.com · Thu Nov 12 04:16:10 UTC 2026

काठमाडौं – कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि ११५ प्रकारका फलफूल, तरकारी तथा अन्य कृषि उपजको मूल्य निर्धारण गरेको छ । समितिले सार्वजनिक गरेको दैनिक मूल्यसूचीअनुसार विभिन्न वस्तुको न्यूनतम, अधिकतम र औसत थोक मूल्य तोकिएको छ ।
आजको मूल्यसूचीमा सबैभन्दा महँगो वस्तु पार्सले रहेको छ। यसको मूल्य प्रतिकिलो न्यूनतम दुई हजार ४००, अधिकतम दुई हजार ८०० र औसत दुई हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, सिताके च्याउको मूल्य प्रतिकिलो ८०० देखि एक हजार रुपैयाँसम्म र कुरीलोको ७०० देखि ८०० रुपैयाँसम्म तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)