मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी र समुदायकेन्द्रित बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

khabarhub.com · Thu Nov 12 04:21:24 UTC 2026

अन्ताल्या– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपदबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी, विश्वसनीय र समुदायकेन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन् ।

टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा आयोजित ‘अर्ली वार्निङ्स फर अल ः डेलिभरिङ अन आवर प्रमिस टु प्रोटेक्ट एभ्रिवन’ (सबैका लागि पूर्वसूचना ः सबैको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता पूरा गर्दै) विषयक उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले हिमाली समुदायका लागि पूर्वसूचना प्रणाली जीवन र जोखिमबीचको महत्त्वपूर्ण सुरक्षा कवच भएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)