मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रोकियो अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्धको महाभियोग प्रयास

hamrakura.com · Thu Nov 12 00:00:00 UTC 2026

काठमाडौँ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध महाभियोग लगाउने प्रयास अमेरिकी प्रतिनिधिसभाबाट रोकिएको छ। रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको प्रतिनिधिसभाले महाभियोग प्रस्तावलाई थप छलफलका लागि समितिमा पठाउने प्रक्रियागत प्रस्तावमाथि २११ विरुद्ध २०४ मतले निर्णय गरेसँगै तत्कालका लागि महाभियोग प्रक्रिया अघि नबढ्ने भएको हो।

महाभियोग प्रस्तावको नेतृत्व गरेका आफ्नै दल रिपब्लिकनका सांसद थोमस मेसीको प्रयासलाई रक्षामन्त्री हेगसेथले ‘प्रहसन’ र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्षति पुर्‍याउने उद्देश्यले गरिएको राजनीतिक नाटकको संज्ञा दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)