इरानसँगको युद्धमा ट्रम्पको जितको दाबी, भने – ‘अमेरिका ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छ’
ratopati.com · Thu Nov 12 05:28:13 UTC 2026

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा जित हासिल भएको दाबी गर्दै अमेरिका ‘९३ प्रतिशत नभई पूर्ण जित’ चाहने बताएका छन्।
भेट्रान्स डेका अवसरमा अमेरिकी सैनिकहरूको प्रशंसा गर्दै ट्रम्पले अमेरिकी सेनाकै कारण इरानले कहिल्यै परमाणु हतियार बनाउन नसक्ने जिकिर गरेका हुन्। अमेरिकाले इरानसँग युद्ध सुरु नगरेको उल्लेख गर्दै उनले सन् १९७९ देखि नै इरानले अमेरिकाविरुद्ध युद्ध छेडिरहेको बताए। यो समस्या धेरै पहिले नै समाधान गरिनुपर्थ्यो भन्दै ट्रम्पले आफ्नो प्रशासनको पालामा आएर बल्ल यसको जवाफ दिइएको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)