मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं उपत्यकामा छठको तयारी सुरु

baahrakhari.com · Thu Nov 12 06:16:14 UTC 2026

काठमाडौं । छठ पर्वका निम्ति काठमाडौं उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ । यस वर्ष यहाँ विभिन्न १७ स्थानमा छठघाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको छ ।

गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, वाग्मती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पर्व मनाउने तयारी गरिएको छ । छठ पर्वका अवसरमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा गर्ने परम्परा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)