जलवायु सङ्कटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्याे, प्रदूषण गर्नेहरूले मूल्य चुकाउनुपर्छ : महासचिव गुटेरेस
saralpatrika.com · Thu Nov 12 06:18:51 UTC 2026

अन्ताल्या (टर्किए)। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सङ्कट विश्वको तयारी र प्रतिकार्य क्षमताभन्दा तीव्र गतिमा बढिरहेको बताउँदै हरितगृह ग्यास उत्सर्जन कटौती र जलवायु कार्यलाई तीव्रता दिन विश्व नेताहरूलाई आग्रह गरेका छन्।
टर्किएको अन्ताल्यामा बुधबार आयोजित कोप–३१ नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले सन् २०२५ मा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन अहिलेसम्मकै उच्च विन्दुमा पुगेको र पछिल्ला चार वर्ष विश्वकै सबैभन्दा ताता वर्ष बनेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)