मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको सम्भावना, शान्ति र आणविक हतियार निःशस्त्रीकरण मुख्य मुद्दा

bishowkhabar.com · Thu Nov 12 06:35:12 UTC 2026

काठमाडौं– अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमण तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितको सम्भावित त्रिपक्षीय भेटवार्ताबारे छलफल भएको छ ।

चीनको अनुरोधमा नोभेम्बर ११ मा भएको टेलिफोन वार्तामा दुई देशबीचको सम्बन्ध र आगामी उच्चस्तरीय भ्रमणका विषयमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । सन् २०२६ मा हुने एपेक शिखर सम्मेलनका लागि ट्रम्पको चीन भ्रमण र जी-२० शिखर सम्मेलनमा सहभागी हुन सीको फ्लोरिडा भ्रमणबारे पनि छलफल भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)