बाजुरामा आगलागीबाट दुई घर जलेर नष्ट
gorkhapatraonline.com · Thu Nov 12 06:38:30 UTC 2026

बाजुरामा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिका –६ पन्धाराका नन्दु नेपाली र बडीमालिका नगरपालिका –२ जुगेडाका स्थानीय मानबहादुर विष्टको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएका हुन् ।
“घरमा कोही नभएको समयमा अज्ञात समूहले आगो लगाइदिँदा पूरै घर जलेर नष्ट भएको त्रिवेणी नगरपालिका–६ का स्थानीय नन्दु नेपालीले बताउनुभयो।“उहाँले भन्नभुयो, “ अहिले गाउँका सबै स्थानीयहरु आएर आगो नियन्त्रणमा लिने काम भइरहेको छ । बिहानको समय भएकोले त्यहाँ मानवीय तथा गाई गोरुमा भने केही क्षति भएको छैन् । ”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)