मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

न्युयोर्कमा भवन भत्कँदा दुईजनाको मृत्यु, १७ घाइते

baahrakhari.com · Thu Nov 12 07:01:09 UTC 2026

न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनमा तीनतले भवन भत्कँदा दुईजनाको मृत्यु भएको छ । सात बालबालिकासहित १७ जना घाइते छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।

निर्माणस्थलनजिकैको उत्खनन क्षेत्रमा भवन खसेपछि भग्नावशेषमा फसेकाहरूको उद्धार गर्न २५० भन्दा बढी अग्निनियन्त्रक र स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । उद्धारका निम्ति ड्रोन र खोजी कुकुर समेत प्रयोग गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)